२९ असार २०८३, सोमबार

प्रधानमन्त्रीले चीन भ्रमणबारे भोलि संसद्लाई जानकारी गराउने

असार ११, २०७५
प्रधानमन्त्रीले चीन भ्रमणबारे भोलि संसद्लाई जानकारी गराउने

काठमाडौँ, ११ असार  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको भोलिको बैठकमा जानकारी गराउनुहुने भएको छ । 

उहाँ चीनको छदिने राजकीय भ्रमण पूरा गरी यही असार १० गते स्वदेश फर्कनुभएको हो । 

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको भोलिको बैठकमा जानकारी गराउनुहुने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । 

प्रधानमन्त्री ओलीले भ्रमणबारे आज प्रतिनिधिसभा बैठकमा दिउँसो २ बजे जानकारी गराउने कार्यक्रम तय भए पनि प्राविधिक कारण स्थगित गरिएको उहाँको निजी सचिवालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्