२८ जेठ २०८३, बिहीबार

झापाका जिविस, नगरपालिका र गाविस बन्द, सेवाग्राही मर्कामा

कात्तिक २०, २०७४
  झापाका जिविस, नगरपालिका र गाविस बन्द, सेवाग्राही मर्कामा
भद्रपुर, फागुन-२। आफ्ना माग पूरा नभएको भन्दै स्थानीय निकायमा कार्यरत कर्मचारीले आज आ-आफ्नो कार्यालयका काम बन्द गरी कार्यालय अगाडि धर्नामा बसेका छन् ।

जिविस झापा अगाडि धर्नामा बसेका कर्मचारीले स्थानीय विकास अधिकारी खेमराज ओझालाई कार्यालयभित्र पस्न दिएनन् ।

कार्यालय बिहान १० बजेदेखि बन्द भएको छ । स्थानीय निकाय ट्रेड युनियन केन्द्रीय समन्वय समितिको मागलाई सरकारले बेवास्ता गरेका कारण बन्दको कार्यक्रम भएको र यसबाट सेवाग्राही मर्माहत भएका छन् ।

जिविसमा हुने सबै काम बन्द भएपछि सेवाग्राही रित्तै फर्किरहेका छन् भने गाविस र नगरपालिकाबाट हुने दैनिकी कार्य विवाह दर्ता, जन्म दर्ता, सिफारिसजस्ता सबै अवरोध भएका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्