१३ असार २०८३, शनिबार

१२ बर्ष बित्यो, छोरो फर्किएन

असार १२, २०७५
१२ बर्ष बित्यो, छोरो फर्किएन

धादिङ। ‘छोरालाई परदेश होइन पर देश पठाएको रहेछु आमाको काखभन्दा अर्को कस्तो संसार भेट्यो मेरो छोराले ।’ नीलकण्ठ नगरपालिका–१४ की ७५ वर्षीया सन्तमाया तामाङ किन यसो भन्छिन्,’ कथा मार्मिक छ ।  घरपरिवार पाल्न कामदारका रूपमा विदेशिने थुप्रै युवामध्ये सन्तमायाका छोरा डम्बरबहादुरले पनि १३ वर्षअघि रोजगारीको गन्तव्यका रूपमा मलेसिया रोजे ।
नेपालीमा उखान छ, ‘१२ वर्षमा खोलो पनि फर्कन्छ ।’ तर सन्तमायाको हकमा यो लागू भएन । बुढेसकाल टेकिसकेकी आमालाई सुखले पाल्न बिदेसिएका डम्बरबहादुर पछिल्ला १२ वर्षदेखि बेखबर छन् । मलेसिया उडेको एक वर्षसम्म डम्बरबहादुरले आमालाई बेला मौकामा फोनसम्म गरे । सदरमुकाम धादिङबेंसीमा दुई÷चारपटक आमालाई डम्बरबहादुरको फोन पनि आयो । केही चिठी पनि आए ।

१२ वर्ष बित्योे, १ लाख २० हजार रुपैयाँ ऋण लिएर बिदेसिएका डम्बरबहादुर बेपत्ता छन् । ऋण जस्ताको तस्तै । छोरो बेपत्ता भएको लामो समय बित्दासमेत अत्तोपत्तो नभएपछि आमा सन्तमाया बिलौना गर्छिन्, ‘१२ वर्षमा खोली फर्कन्छ भन्छन् खै मेरो छोरा फर्केन हजुर, खोजिदिनुस् न ।’
डम्बरबहादुर २०६२ सालमा मलेसिया गएका थिए । कुन म्यानपावर कम्पनीबाट विदेश उडेको आमालाई पत्तै छैन । छोरालाई मलेसिया पठाउन साहुसँग १ लाख २० हजार रुपैयाँ ऋण लिएको मात्रै याद छ । धेरै पैसा कमाएर परिवारमा खुसीको उज्यालो छर्ने आस दिएर गएका तामाङ एक÷दुईपटक सम्पर्कमा आए । राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्