३० जेठ २०८३, शनिबार

आईजीपी प्रकरणमा सर्वोच्चको अर्को आदेश : चन्दको पदस्थापनामा रोक

कात्तिक २०, २०७४
आईजीपी प्रकरणमा सर्वोच्चको अर्को आदेश : चन्दको पदस्थापनामा रोक
काठमाडौं, २ फागुन — मन्त्रिपरिषद्ले नयाँ प्रहरी महानिरीक्षक (प्रहरी प्रमुख) मा जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय अघि नबढाउन सर्वोच्च अदालतले सोमवार अर्को आदेश दिएको छ । एक फरक रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले त्यस्तो आदेश दिएको हो ।

मन्त्रिपरिषद्को आइतवारको बैठकले वरिष्ठता क्रममा तेस्रो नम्बरमा रहेका चन्दलाई नयाँ प्रहरी प्रमुखमा नियुक्त गर्ने गर्ने निर्णय गरेको थियो ।

प्रहरी नियमावली, प्रचलित नजिर र विधि प्रक्रिया मिचेर प्रहरी प्रमुख नियुक्त गर्ने काम भएको भन्दै वरिष्ठता क्रममा एक नम्बरमा रहेका डीआईजी नवराज सिलवालले आइतवार सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीले चन्दलाई प्रहरी प्रमुख बनाउने आदेश कार्यान्वयन नगर्न दोस्रो आदेश दिएकी हुन् ।

उनै कार्कीको इजलासले आइतवार पनि एक आदेश जारी गर्दै चन्दको नियुक्ति सम्बन्धी प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको थियो ।

कार्कीले अधिवक्ता कपिलदेव ढकालले गएको शुक्रवार दायर गरेको रिट र डीआईजी सिलवालले आइतवार दायर गरेको रिटलाई सँगै राखेर सुनुवाइ गर्ने निर्णय सुनाएकी छन् । यो मुद्दामा अब आउँदो फागुन ८ गते सुनुवाइ हुने भएको छ ।

ढकालको रिटमा सुनुवाइ गर्दै अदालतले हिजो नै ८ गतेसम्मको लागि चन्दलाई आईजीपी नियुक्त नगर्न अन्तरिम आदेश दिएको थियो । सो आदेशमा प्रहरी प्रमुखको लागि योग्य मानिएका सबै उम्मेदवारहरूको कार्यसम्पादन मूल्यांकन पेश गर्न भनिएको छ ।

कार्यसम्पादन मूल्यांकनमा सिलवाल सबैभन्दा अगाडि र चन्द उनीभन्दा धेरै पछि रहेको सरकारी स्रोतहरूले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्