
काठमाडौं, १२ असार – अभिनेता आर्यन सिग्देल र अभिनेतृ साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित चलचित्र ‘कायरा’ साउन १८ गते प्रदर्शन आउने भएको छ ।
लक्ष्मण रिजाल निर्देशित चलचित्रको टे«लर सार्वजनिक गरिएको छ । चकलेटी अभिनेता आर्यन सिग्देल र हटकेक अभिनेत्री साम्राज्ञीको जोडीले चलचित्रलाई रोचक बनाएको जनाइएको छ । चलचित्र प्रेम कथामा आधारित रहेको छ ।
आर्यन र साम्राज्ञी चलचित्रमार्फत् पहिलो पटक एउटै पर्दामा देखिने छन् । चलचित्रका अधिकांश भाग फिलिपिन्समा खिचिएको छ । आर्यन र साम्राज्ञीसँगै प्रोमोमा कलाकार शिशिर राणालाई पनि देख्न सकिन्छ ।