
काठमाडौं १३ असार– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले चिनी मिलले दिन बाँकी किसानको उखुको मूल्य तिराइ छाड्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बिनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री यादवले किसानको पैसा नदिनेलाई ठगी मुद्दा चलाइने बताएका हुन् ।
‘यहाँ विचित्र अबस्था छ, हात जोडेर पैसा देउ भन्दा नमान्ने तर हतकडी लगाउने भनेपछि पैसा दिने’ मन्त्री यादवले भने ‘गृह मन्त्रालयको सहयोगमा, यदी किसानकौ पैसा दिदैनौ भने ठगी मुद्दा चलाउछु भनेको थिए । केही दिन दिए, फेरि सुस्तायो ।’
मन्त्री यादवले किशानलाई पैसा दिलाउन ७ दिनको म्याद सहितको पत्र पठाएको बताए । ‘महोत्तरीमा किशान र उद्योगका मालिक बसेर सम्झौंता भएको छ’ यादवले संसदमा भने, ‘सभामुख मार्फत सदनलाई आश्वस्त गराउन चाहान्छु, किसानको पैसा दिलाएर छाड्छु ।’