२८ असार २०८३, आइतबार

जाजरकोटमा पेस्तोलसहित १ जना पक्राउ

असार १३, २०७५
जाजरकोटमा पेस्तोलसहित १ जना पक्राउ

सुर्खेत, १३ असार – जिल्ला प्रहरी कार्यालय जाजरकोटले आज पेस्तोलसहित १ जनालाई पक्राउ गरेको छ ।

भेरी नगरपालिका–३ स्याला बस्ने ३२ वर्षीय तिलक सुनारलाई पेस्तोलसहित पक्राउ गरिएको हो । सुनारको घरमा अवैध हातहतियार राखेको गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक लोकबहादुर विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा पेस्तोल फेला परेको थियो ।

सुनारका घरबाट १ पेस्तोल, १ म्याग्जिन र ४ गोली फेला पारिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ । सुनारलाई जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट हातहतियार तथा खरखजना मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्