१५ असार २०८३, सोमबार

प्रहरी प्रमुखको बिषयलाई लिएर मन्त्रीपरिषद्को बैठक बस्दै

कात्तिक २०, २०७४
प्रहरी प्रमुखको बिषयलाई लिएर मन्त्रीपरिषद्को बैठक बस्दै
काठमाडौं २ फागुन - मध्यरातबाट नेपाल प्रहरी प्रमुख विहिन हुने भएपछि प्रहरीको निमित्त महानिरीक्षक तोक्न नेपाल सरकार मन्त्रीपरिषद्को बैठक सोमवार बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ७ बजेका लागि मन्त्रीपरिषद्को बैठक बोलाइएको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको कार्यकाल मध्यरातबाट सकिने भएकोले मन्त्रीपरिषद् बैठकले कसैलाई निमित्त महानिरीक्षक तोक्ने सम्भावना रहेको मन्त्रीपरिषद् स्रोतले बतायो ।

आइतवार प्रहरी महानिरीक्षकमा नियुक्त गरिएका जयबहादुर चन्दलाई कार्यभार सम्हाल्न नदिन सर्वोच्च अदालतले रोक लगाएपछि निमित्त कस्लाई तोक्ने भन्नेमा अन्यौल देखिएपछि मन्त्रीपरिषद् बैठक बस्न लागेको हो ।

प्रहरी महानिरीक्षक अर्यालले बरिष्ठतामा पहिलो नम्बरमा रहेका डिआइजी नवराज सिलवाललाई निमित्त तोक्ने तयारी गरेपनि सर्वोच्चमा परेको रिटका कारण अप्ठेरो परेको गृहमन्त्रालय स्रोतको भनाइ छ ।

मन्त्रीपरिषद् बैठकले सर्वोच्चमा विचाराधीन मुद्दाको किनारा नलागे सम्मका लागि कसैलाइ निमित्त तोक्ने सम्भावना रहेको स्रोतको भनाइ छ । मन्त्रीपरिषद् बैठक बोलाइएपनि एजेण्डा नखुलाइएको खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले जानकारी दिए ।

सर्वोच्चमा परेको रिटमाथि फागुन ८ गतेका लागि पेशी तोकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्