२० असार २०८३, शनिबार

रोकिएन सुन तस्करीः नागढुंगाबाट ९ केजी सुन बरामद

असार १८, २०७५
रोकिएन सुन तस्करीः नागढुंगाबाट ९ केजी सुन बरामद

काठमाडौं, १८ असार –प्रहरीले उपत्यकामा भित्रिने मुख्य नाका नागढुंगाबाट ९ किलो सुन बरामद गरेको छ । 

आइतबार ६ केजी र शनिबार ३ केजी सुन बरामद भएको हो । 

आइतबार सुनसहित सिन्धुलीपाल्चोकका २३ बर्षीय तेन्जिङ तामाङ पक्राउ परेका छन् । 

धादिङ हुँदै काठमाडौं आउँदै गरेको बा ९५ प ८१६४ न को पल्सर मोटरसाईकल जाँच गर्दा सुन भेटिएको थियो । 

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएका प्रहरी निरीक्षक केशव भट्टको टोलीले आइतबार साँझ ७ बजे सुन बरामद गरेको हो । 

प्रहरीका अनुसार तामाङले विशेष खालको पेटीको फल्स बटमभित्र सुन लुकाई काठमाडौं ल्याउँदै थिए । आजको नयाँ पत्रिकामा  खबर छापिएको  छ ।

salt training

कमेन्ट गर्नुहोस्