०२ असार २०८३, मंगलबार

ओलीले फेरे आफ्नै बोली

असार १८, २०७५
ओलीले फेरे आफ्नै बोली

काठमाडौं, १८ असार -डा. गोविन्द केसी अनसन बसेको दोस्रो दिन वितीसक्दा पनि केपी अाेली नेतृत्वकाे सरकार टसमस भएको छैन । चिकित्सा शिक्षा अध्यादेश पारीत गरिनुपर्ने माग गर्दै डा.केसी शनिबारदेखि जुम्लामा अनसन बस्नुभएको छ ।
डा.केसीले विधेयक तत्काल संसदमा पेश गरेर स्नातकोत्तर तहपछिको सेवा अवधिबाहेक अन्य बुँदाहरुमा कुनै परिवर्तन नगरी यथारुपमा पारित गरिनुपर्ने र चिकित्सा शिक्षा आयोगलाई कार्यकारी उपाध्यक्षसहित अविलम्ब पूर्णता दिनुपर्ने अडान राख्नुभएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अनशन बस्ने योजना बुनेका डा. केसीलाई जुम्ला प्रशासनले त्यहाँ बस्न निषेध गरेपछि जिल्ला खेलकुद विकास समितीको कभर्ड हलमा सारिएको छ । डा. केसी अनशन बस्न लाग्दा शनिबार दिउँसो जिल्ला प्रशासन कार्यालय जुम्ला परिसरबाट प्रहरीले पक्राउ गरेको थियो ।

डा. केसी चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा जारी गर्नुपर्ने, मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सबै विपन्न नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार तथा सबै विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो शुल्कमा चिकित्सा विषय पढ्ने अधिकारका लागि लड्दै आउनु भएको छ । यस्ता माग राख्दै अनसन सुरु गरेका डा. केसीलाई प्रहरीले शनिवार मध्याह्न पक्राउ गरे पनि चौतर्फी बिरोध भएको थियो । उक्त विरोधपछि ओली सरकार उहाँलाई रिहा गर्न बाध्य भयो । अाजकाे नेपाल समाचारपत्रमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्