०१ असार २०८३, सोमबार

देशभर भारी वर्षा, तराईका जिल्लामा बाढी र डुबानको खतरा

देशभर भारी वर्षा, तराईका जिल्लामा बाढी र डुबानको खतरा

काठमाडौं, १८ असार– आज (सोमवार) देशका धेरै ठाउँमा भारी बर्षा भइरहेको छ । 

आइतवार रातिदेखि नै शुरु भएको भारी बर्षाका कारण तराईका जिल्लामा बाढी र डुवानको खतरा बढेको छ ।

 मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार देशका केही ठाउँमा ११२ मिलीमिटरसम्म बर्षा हुने छ । महाशाखाका सोमवार देशका सबे ठाउँमा मध्यम बर्षा भइरहेको छ । 

देशका पूर्वी र पश्चिमी जिल्लामा भने भारी बर्षा भइरहेको महाशाखाले जनाएको छ । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय मातहतको बाढी पूर्वानुमान शाखाका अनुसार देशका कन्काइ, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा पानीको बहाव बढेको छ । 

यी नदीका तल्लो तटीय क्षेत्रमा डुवान हुन सक्ने भएकाले सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । 

आज झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, सर्लाही, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट, नवलपरासी, कपिलबस्तु, रुपेन्देही, दाङ, बाँके, बर्दिया र कैलाली जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । 

तराईका मुख्य शहर जलमग्न आइतवार रातिदेखि नै भइरहेको भारी बर्षाले तराईका मुख्य शहर पनि जलमग्न भएका छन् । 

पूर्वी नेपालको मुख्य शहर वीरगन्ज जलमग्न भएको छ । आइतवार रातिदेखिको बर्षाका कारण सोमवार विहानैदेखि वीरगन्ज जलमग्न बनेको हो । यस्तै पश्चिम नेपालको मुख्य शहर नेपालगन्ज पनि डुवानमा परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्