×

NIC ASIA

मेस्सी र रोनाल्डो बाहिरिएपछि नेयमार आज चम्केलान् ?

असार १८, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, १८ असार – विश्व फूटबलका तीन सुपरस्टार क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी र नेयमार हुन् । यीमध्ये रोनाल्डो र मेस्सी संलग्न टीम पोर्चुगल र अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिसकेका छन् । 

आज नेयमारसम्मिलित ब्राजिलको प्रतिस्पर्धा मेक्सिकोसँग हुँदैछ । सन् १९९० पछिका हरेक विश्वकपमा ब्राजिलले क्वार्टरफाइनलमा ठाउँ बनाएको छ र यसपालि पनि यो रेकर्ड कायम राख्ने कोशिश गर्नेछ । 

तर ब्राजिलका लागि मेक्सिकोसँगको भिडन्त सहज हुने छैन । मेक्सिकोले समूह चरणमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई हराउन सफल भएको थियो । 

ब्राजिलले समूहमा दुई म्याचमा विजय र एकमा बराबरी गरेर समूह विजेताका साथ अन्तिम १६ मा स्थान बनाएको हो । छैठौं उपाधिका लागि भिडिरहेको ब्राजिल सजिलै पछि हट्ने स्थितिमा छैन । 

उसलाई मेक्सिकोको प्रदर्शनका बारेमा राम्ररी थाहा छ । मेक्सिकोको डिफेन्सलाई तोड्नुमा नै ब्राजिलको सफलता लुकेको छ । नेयमार, कउटिन्हो अनि थियागो सिल्भा र गेब्रिएल जिसस जस्ता खेलाडीले मेक्सिकोको डिफेन्स तोड्ने भरमग्दूर कोशिश गर्नेछन् । नेयमार प्रतियोगितामा अझै चम्किन सकेका छैनन् । 

मेक्सिकोले लगातार सातौंपटक विश्वकपको प्रिक्वार्टरफाइनलमा स्थान बनाएको छ तर ऊ पछिल्लो ६ पटक त्यहीँ अड्किएको छ । ‘पाँचौं म्याचको श्राप’ बाट मुक्ति पाएर उसले क्वार्टरफाइनलमा पुग्ने लक्ष्य लिएको छ । समूह चरणमा
जर्मनी र दक्षिण कोरियालाई हराएको मेक्सिकोले स्विडेनसँग भने हार बेहोर्नुपरेको थियो । 

फिफा विश्वकपमा मेक्सिको दुईचोटि मात्र क्वार्टरफाइनल पुगेको छ । सन् १९७० र १९८६ मा उसले अन्तिम ६ मा स्थान बनाएको थियो । 

ब्राजिल भने १३ पटक क्वार्टरफाइनलमा पुगिसकेको छ । विश्वकपको अनुभवी तथा कन्सिस्टेन्ट टोली ब्राजिलविरुद्ध जीत हासिल गरेर क्वार्टरफाइनल पुग्नु मेक्सिकोका लागि पक्कै सहज छैन ।

एजेन्सी
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Rupse Holidays
Nabil box
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x