
काठमाडौं, १८ असार– सोमबार रातिदेखि परेको अविरल वर्षाले ठूला नदीहरुमा वहाव र जलस्तर बढ्दै पानीले खतारको सूचक पार गरेको छ ।
मौसाम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्व सूचना अनुसार बबइ, नारायणी नदीले खतराको सूचक पार गरेको हो ।
विभागले चेतावनी सूचकमा पानीको अवस्था पुगेको जनाएको छ । बबइ खोलामा पानीको सतह ५ दशमलव ५६ मिटर रहेको जनाएको छ । उक्त खोलामा ५ दशमलब ५० चेतावनीको विन्दू हो भने ६.१० मिटर खतराको सूची हो ।
त्यस्तै नारायणीमा पानीको सतह ३ दशमलब ४५ पुगेको र खतराको सूचक भएको भन्दै सचेत रहन आग्रह गरेको हो ।