०७ असार २०८३, आइतबार

वर्षापछि उडान अवरुद्ध, यात्रु समस्यामा

वर्षापछि उडान अवरुद्ध, यात्रु समस्यामा

पोखरा, १८ असार - बिहानैदेखि परेको पानीका कारण पोखरा विमानस्थलबाट उडान हुन नसक्दा यात्रु समस्यामा परेका छन् । 

पोखरा विमानस्थलबाट काठमाडौँ, जोमसोम, भैरहवा र भरतपुरका लागि कुनै पनि उडान हुन नसकेको सो विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिनुभयो । 

आइतबार पोखराबाट काठमाडौँका लागि छवटा मात्र उडान भएको थियो ।

दैनिक पोखराबाट जोमसोमका लागि सातदेखि आठवटा, काठमाडौँका लागि २२ वटा र भरतपुर र भैरहवाका लागि एक÷एकवटा उडान हुने गरेको छ । उडान अवरुद्ध हुँदा पोखरामा दैनिक आठ सयदेखि एक हजारसम्म यात्रु समस्यामा पर्ने गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्