१२ असार २०८३, शुक्रबार

बिहामा आउन भ्याएनन् दुलाहा, दुलहीले केटाको बहिनीसँग फेरा लगाइन्

कात्तिक २०, २०७४
बिहामा आउन भ्याएनन् दुलाहा, दुलहीले केटाको बहिनीसँग फेरा लगाइन्
काठमाडौं, २८ मंसिर — बिहा सम्बन्धी अचम्मका कथाहरू कहिलेकाहीँ सुन्न पाइन्छ । तर भारतको केरल राज्यको कोल्लममा भएको एक विवाह समारोहमा भएको घटनाले त धेरैलाई आश्चर्यमा पारेको छ । त्यो विवाहमा दुलाहाविना नै युवतीको विवाह भयो । दुलाहा चाहिँ आफ्नो विवाह अनलाइन हेरेर बस्यो ।


हरीश नामक दुलाहा साउदी अरेबियामा काम गर्छन् । उनको विवाह फिक्स भएपनि छुट्टी नपाएपछि आउन पाएनन् । त्यसपछि उसको बहिनीलाई दुलहीसँग फेरा लगाउन भनियो । पूरै उत्साह र शानका साथ विवाह सम्पन्न भयो ।

साउदीको राजधानी रियादको एक निजी कम्पनीमा मार्केटिङ अफिसरका रूपमा काम गर्ने हरीशको विवाहको तिथि निश्चित भइसकेको थियो । तर ठ्याक्कै तिथिमा हरीशले छुट्टी पाएन । राम्रो मुहूर्त छुट्ने पीरमा घरका मान्छेले बहिनीसँग भएपनि फेरा घुमाएर दुलही भित्र्याए ।

बहिनीले दुलाहाको सबै कर्मकाण्ड गरिन् भने हरीश चाहिँ यो सब वेबक्याममा हेरेर बस्यो । केरलमा यस्तो खालको यो पहिलो विवाह हो । बिहामा भाग लिने मान्छे यस्तो अमिल्दो कुरा देखेर तीनछक्क परे र पछि दुलाहाको मजबुरी बुझेर चुप लागे ।

अहिले सबै रीतिरिवाज सम्पन्न भएपनि हरीश छुट्टी लिएर केरल आउँदा फेरि कर्मकाण्ड गरेर विवाह गर्ने सोचमा छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्