काठमाडौं, ३ फागुन – ज्योतिष शास्त्रका अनुसार ग्रह– नक्षत्रले हरेक सम्बन्धमा प्रभाव बनाइराखेको हुन्छ । मित्रता, विवाह वा व्यापारमा ज्योतिष शास्त्रका नियमहरुको बारेमा ध्यान राख्न सक्यो भने यसले आपसी सम्बन्ध बलियो बनाउँछ ।
फ्रेबुअरी १४ अर्थात ‘भ्यालेन्टाइन डे’ प्रेम गर्ने जोडीहरुको लागि यो एक विशेष दिन हो । यस दिन आफूलाई मनपर्ने केटा वा केटीले एक अर्कोसँग प्रेमप्रस्ताव राख्ने तथा प्रेम गर्ने जोडीले उपहार आदानप्रदान गरी खुशी साटासाट गर्ने दिन पनि हो ।
‘भ्यालेन्टाइन डे’ मा प्रेम प्रस्ताव गर्दै हुनुहुन्छ भने थाहापाउनुस् राशीले के भन्छ :
मेषयस राशीका व्यक्तिमा कुनै पनि कुरालाई दोस्रो घटना वा कुरासँग दाँजेर हेर्ने बानी हुन्छ । यिनीहरु प्रायः महंगो उपहार दिन रुचाउँछन् । यस प्रकारका व्यक्ति भावनामा बग्ने खालको हुन्छन् । यिनीहरु सम्बन्धलाई दीर्घकालसम्म राख्न रुचाउँछन् ।
वृषयिनीहरु छिट्टै विश्वास गर्ने खालको हुन्छन् । कोही भने घुम्न र भेट्ने कुरामा बढी रुची राख्ने गर्छन् । यस राशीका व्यक्तिलाई सफा र सेतो रंगको उपहार बढी मनपर्छ ।
मिथुनयी राशीका व्यक्ति प्रायः आफ्नो सम्बन्धलाई लिएर दोधार हुने गर्छन् । यिनीहरुको रुची परिस्थिति अनुसार परिवर्तन हुने गर्छन् । आफ्नो कुरामा बढी ध्यान दिने व्यक्तिलाई यस राशीका व्यक्तिहरु औधी मनपराउँछन् । यस्ता व्यक्ति मनोरञ्जनमा बढी रुची लिने गर्छन् ।
कर्कटयो राशीका व्यक्तिहरु आफ्नो विगतको जीवनलाई लिएर बढी चिन्तित हुने गर्छन् । पूरानो स्मरण र खुशीलाई साँचेर राख्ने यिनीहरुको बानी हुन्छन् । यस राशीका व्यक्तिलाई उपहार दिँदा किताब वा कुनै फोटो फ्रेम दिनु उपयुक्त मानिन्छ ।
सिंहयिनीहरु नाफा नोक्सानको धेरै ख्याल गर्ने हुन्छन् । यस राशीका व्यक्तिको मनको कुरा बुझ्न गाह्रो हुने गर्छ । यस राशीका व्यक्तिसँग सम्बन्ध बढाउन अघि उनीहरुको मनपर्ने कुराको बारेमा ख्याल राख्नु जरुरी हुन्छ ।
कन्यायस राशीका व्यक्तिहरु बाहिरी आवरणमा ध्यान दिँदैनन् । सोचविचार गरेर काम शुरु गर्न यिनीहरु मनपराउँछन् । यस राशीका व्यक्तिलाई उपहार दिँदा पछि उसलाई काम लाग्ने खालको दिँदा खुशी हुने गर्छन् ।
तुलासम्बन्धलाई लिएर यिनीहरु गम्भीर हुने गर्छन् । र, अरुले पनि आफ्नो सम्बन्धलाई गहिरोरुपमा लिओस् भन्ने चाहन्छन् । यस राशीका व्यक्ति बाहिरी भिडभाडमा बस्न रुचाउँदैनन् । यिनीहरु उपहार भन्दा पनि सम्बन्धलाई बढी महत्व दिन्छन् । सानो सानो उपहारबाट पनि यिनीहरुको मन जित्न सकिन्छ ।
वृश्चिकयस राशीका व्यक्तिलाई खुशी बनाउन औधी गाह्रो हुने गर्छ । यिनीहरु बाहिरी आवरण मात्रै होइन व्यक्तिको क्षमता र योग्यतामा पनि ध्यान दिन्छन् । यिनीहरु सम्बन्धलाई लिएर दीर्घकालीन सोच राख्छन् । यिनीहरु त्यस्ता उपहार मनपराउँछन् जुन लामोसमयसम्म रहिरहोस् ।
धनुयस राशीका व्यक्ति नयाँ ठाउँमा घुम्न खुब मनपराउँछन् । खुल्लाचौर,रेष्टुरेन्ट वा सपिङ जता घुम्दा यिनीहरु रमाउँछन् । यिनीहरु आफ्नो साथीलाई निकै नै सम्मान दिने खालको हुन्छन् र साथीबाट पनि त्यस्तै अपेक्षा राख्ने गर्छन् । यिनीहरु परफ्युम, नयाँ कपडा, औंठी जस्ता उपहार बढी मनपराउँछन् ।
मकरप्रेम जीवनमा यिनीहरु अधिक भावुक व्यक्तिलाई मनपराउँछन् । आफ्नो साथी आत्मनिर्भर भएको मनपराउँछन् । यस राशीका व्यक्ति एकचोटी सम्बन्ध बिग्रेपछि त्यसलाई सुधार्न प्राय कोशिस नगर्ने खालको हुन्छन् ।
कुम्भयिनीहरु आफ्नो भावनालाई अभिव्यक्त गर्न हतार गर्दैनन् । मनको कुरा भन्न बढी समय लगाउने गर्छन् । यसैले प्रस्ताव राख्नुअघि यिनीहरुको मनको कुराको बारेमा अन्दाज गर्नु जरुरी रहन्छ । यस्ता व्यक्तिलाई ठूलो प्रकारको उपहार मनपर्दैन ।
मीनयस राशीका व्यक्तिहरु रमाएर बस्ने खालको हुन्छन् । यिनीहरुलाई क्यानल लाइट, प्रेमगीत र डायरी जस्ता कुरामा रुची लिने गर्छन् । यिनीहरु दीर्घकालीन सम्बन्धमा विश्वास राख्छन् ।
एजेन्सी