×

NMB BANK
NIC ASIA

फिफा विश्वकप

कोलम्बियालाई पहिलो जीतको खोजी, इतिहास दोहोर्‍याउने दाउमा इंग्ल्याण्ड

असार १९, २०७५

NTC
Premier Steels

काठमाडौं, १९ असार –विश्वकप फूटबल प्रतियोगिता रोमाञ्चक मोडतर्फ अघि बढ्दै गर्दा मंगलबार इंग्ल्याण्डले कोलम्बियाको सामना गर्दैछ । प्रिक्वार्टरफाइनल अन्तर्गतको सो खेल नेपाली समयअनुसार राति पौने १२ बजे शुरु हुनेछ । त्यसअघि बेलुका पौने ८ बजे स्वीडेन र स्विट्जरल्याण्ड आमनेसामने हुनेछन् ।

Muktinath Bank

इंग्ल्याण्ड 'समूह  जी'को उपविजेता र कोलम्बिया 'समूह एच'को विजेताका रूपमा नकआउट चरणमा पुगेका हुन् । समूहमा यी दुवै टोलीले समान दुई जीत र एक हार बेहोरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इंग्ल्याण्डले समूह चरणमा ट्युनिसियाविरुद्ध २-१ र पनामाविरुद्ध ६-१ को जीत दर्ता गर्दा बेल्जियमसँग १-० को हार बेहोरेको थियो । कोलम्बिया भने सेनेगललाई १-० र पोल्याण्डलाई ३-० ले हराउँदा जापानसँग २-१ ले हारेको थियो ।


Advertisment
Nabil box
Kumari

बलियो टोलीविरुद्ध 'फिजिकल गेम' !

Vianet communication

फल खेल्ने मामलामा कोलम्बियन खेलाडी निकै अगाडि रहेको आरोप लाग्ने गरेको छ । अघिल्लो विश्वकपमा नेयमार कोलम्बियन खेलाडीकै फलको सिकार हुँदा उनीविनाको ब्राजिलले जर्मनीसँग लज्जास्पद् हार बेहोरेको थियो ।

यस सिजन पनि कोलम्बिया अनुशासनको मामलामा पछि छ । जापानविरुद्धको पहिलो खेलको तेस्रो मिनेटमै कार्लोस साञ्चेजले रातो कार्ड पाएपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो । त्यसयता पनि कोलम्बियाका अन्य ३ खेलाडीले पहेँलो कार्ड पाएका छन् भने ४५ पटक फल एटेम्प्ट गरेका छन् ।

अर्कोतर्फ जारी विश्वकपमा इंग्ल्याण्डका २ खेलाडीले मात्र पहेँलो कार्ड पाएका छन् ।

लाइनअप हेर्दा इंग्लिस टोली निकै बलियो देखिन्छ । कप्तान ह्यारी केन, रहिम स्ट्रलिङ, देले अल्ली, जेसे लिंगार्ड, जोर्डन हेन्डर्सन, जोन स्टोन्स, केल वाल्करलगायत खेलाडी प्रिमियर लिगका स्टार हुन् ।

अर्कोतर्फ गत विश्वकपका सर्वाधिक गोलकर्ता ह्यामेस रोड्रिग्वेजको उपलब्धताका विषयमा संशय हुनु कोलम्बियाका लागि चिन्ताको विषय हो । इन्जुरीका कारण उनी इंग्ल्याण्डविरुद्ध खेल्ने/नखेल्ने निधो भइसकेको छैन ।

उनका अलावा रडामेल फल्काओ, जुआन क्वार्डाडो, क्विन्टेरो, मुरिएललगायत खेलाडी टीमका लागि महत्त्वपूर्ण छन् ।

इतिहास इंल्याण्डको पक्षमा

कोलम्बियाविरुद्ध इंग्ल्याण्डको रेकर्ड राम्रो छ । हालसम्म भएका ५ भिडन्तमा उसले हारको मुख देख्नु परेको छैन । तीन खेलमा विजयी नतिजा निस्किँदा २ खेल बराबरी भएको थियो ।

हेर्नलायक खेलाडी

ह्यारी केन, इंग्ल्याण्ड

इंग्लिस कप्तान केन रुस विश्वकपमा गोल्डेन बुटको रेसमा सबैभन्दा अघि छन् । हालसम्म उनले ५ पटक बललाई जाली चुमाएका छन् । जसमा पनामाविरुद्धको ह्याट्रिक पनि सामेल छ ।

तीव्र गति, बलमा कन्ट्रोल र सटीक प्रहार केनका बलिया पक्ष हुन् । टोटनह्यामबाट व्यवसायिक फूटबल खेल्ने केनले विगत दुई वर्षयता आफूलाई विश्वकै उत्कृष्ट स्ट्राइकरको कित्तामा उभ्याएका छन् ।

रडामेल फल्काओ, कोलम्बिया

ह्यामेस रोड्रिग्वेजको अनुपस्थितिमा फल्काओले इंग्लिस पोस्टमा आक्रमणको नेतृत्व गर्नेछन् । म्यान्चेस्टर युनाइटेडका तर्फबाट इंग्लिस फूटबलको पनि अनुभव पनि सम्हालेका फल्काओ हाल फ्रेन्च क्लब एस मोनाकोबाट व्यवसायिक फूटबल खेल्छन् । जारी विश्वकपमा उनले १ गोल गरेका छन् ।

उनका अलावा बार्सिलोनाका स्टार एरी मिनाको प्रदर्शन पनि यो विश्वकपमा सम्झनलायक छ । डिफेन्डरको भूमिकामा खेल्ने मिनाले २ गोल गरिसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x