२६ असार २०८३, शुक्रबार

ट्रम्पका सुरक्षा सल्लाहकारले दिए राजीनामा, पेट्रायसलाई उनको ठाउँमा ल्याइने सम्भावना

कात्तिक २०, २०७४
ट्रम्पका सुरक्षा सल्लाहकारले दिए राजीनामा, पेट्रायसलाई उनको ठाउँमा ल्याइने सम्भावना
काठमाडौं, ३ फागुन — अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले जम्मा तीन हप्ता पनि नबिताउँदै सुरक्षा सल्लाहकार फेर्ने भएको छ । ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले मंगलवार बिहान एक वक्तव्य जारी गर्दै आफूले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।


फ्लिनको रुससँगको सम्बन्धको अनि उनले उपराष्ट्रपति माइक पेन्सलाई ढाँटेको कुरा बाहिर आएको थियो । ट्रम्पले प्रशासन सम्हाल्नुअघि फ्लिनले रुससँग अमेरिकाले लगाएको प्रतिबन्धका बारेमा कुरा गरेको भनी ढाँटेका थिए ।

सीएनएनका अनुसार सेवानिवृत्त जर्नेल डेभिड पेट्रायस मंगलवार सुरक्षा सल्लाहकारको पदका लागि कुरा गर्न वाशिङटन आउँदैछन् ।

फ्लिन रुसको हातमा बिकेको भनी जस्टिस डिपार्टमेन्टले चेतावनी दिएको एक अधिकारीले बताएको सीएनएनकी संवाददाता ग्लोरिया बोर्गरले बताइन् ।

द वाशिङटन पोस्टबाट

salt training

कमेन्ट गर्नुहोस्