×

NIC ASIA

मेस्सीलाई अर्जेन्टिनी जर्सीमा उपाधिको भोक, चार वर्ष खेले थप ४ मौका !

असार १९, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, १९ असार – वर्तमान विश्वफूटबलका एक महान खेलाडी लियोनल मेस्सी विश्वकपबाट निराश हुँदै स्पेन फर्किसकेका छन् ।

आफ्नै कप्तानीमा रहेको अर्जेन्टिनालाई रुस विश्वकपको राउण्डअफ सिक्स्टिनबाट अघि बढाउन नसकेपछि मेस्सी बार्सिलोना फर्किएका हुन् । उनको परिवार त्यहीँ बस्छ र उनी एफसी बार्सिलोनाबाट व्यवसायिक फूटबल खेल्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टीमका अन्य खेलाडी अर्जेन्टिना फर्किँदा मेस्सी र ह्याभियर मस्केरानो बार्सिलोना फर्किएका हुन् । विमानस्थलमा निराश मुद्रामा देखिएका मेस्सीले पत्रकारलाई कुनै प्रतिक्रिया दिएनन् । श्रीमती एन्टोनेला रोजुको उनलाई पिकअप गर्न विमानस्थलमा तयार थिइन् ।


Advertisment
Rupse Holidays
Nabil box

मेस्सी विमानस्थलबाट बाहिरिनेबित्तिकै गाडी चढेर हिँडिहाले ।

Vianet communication

अर्जेन्टिना विश्वकपबाट बाहिरिएपछि मेस्सीको कुनै औपचारिक प्रतिक्रिया आएको छैन । न त उनले कतिपयले अनुमान गरेजस्तै संन्यास नै घोषणा गरिहालेका छन् । मेस्सीको मौनताले उनको भविष्यबारे यकिन हुनसक्ने अवस्था छैन ।

उनका टीममेट मस्केरानो र लुकास बिग्लियाले भने संन्यास लिइसकेका छन् ।

चार वर्ष कुरे थप ४ मौका !

आजकै मितिलाई हेर्ने हो भने मेस्सी ३१ वर्ष ९ दिनका भए । १७ वर्षको उमेरबाट बार्सिलोनाको जर्सी पहिरिएका मेस्सीले त्यहाँबाट जित्न बाँकी कुनै उपाधि नै छैन ।

कतिपयले सपनासम्म देख्न नसक्ने सफलता उनले हाँसिल गरिसकेका छन् ।

देशको जर्सीमा भने मेस्सीलाई अझै उपाधिको खडेरी छ । सन् २००४ को ओलम्पिक गोल्ड मेडल मेस्सीले अर्जेन्टिनाको जर्सीमा जितेको एकमात्र उपाधि हो । ओलम्पिक गोल्ड मेडल जित्दा उनले शीर्ष टोलीमा डेब्यू गर्न बाँकी नै थियो ।

रुस विश्वकपबाट अनपेक्षित बहिर्गमनपछि कतिपयले देशको जर्सीमा उपाधि जित्ने मेस्सीको सपना टुंगिएको बताएका छन् । तर उनले केही थप केही वर्ष संन्यास नलिने हो भने अझै पनि उनका सामु थप ४ मौका रहेको देखिएको छ ।

फिफा विश्वकप २०२२ 
कतारमा हुने आगामी विश्वकपमा मेस्सी ३५ वर्षका हुनेछन् । कलात्मक फूटबल खेल्ने खेलाडीलाई यो खेल्नयोग्य उमेर पनि हो । मेस्सीको फूटबलमा शारीरिक फुर्तीभन्दा कलाको प्रभाव बढी छ । सोही कारण मेस्सीले चाहेमा सो विश्वकप खेल्न सक्नेमा शंका छैन ।

यद्यपि अर्जेन्टिनी टीममा तत्काल आमूल परिवर्तन र विशेष योजना नबनाइहाल्ने हो भने अर्जेन्टिनाका लागि सो विश्वकप पनि यो भन्दा धेरै उपलब्धिपूर्ण हुनेमा शंका छ ।

कोपा अमेरिका २०१९ र २०२०

दक्षिण अमेरिकी शीर्ष फूटबल प्रतियोगिता कोपा अमेरिका ४/४ वर्षमा हुने गरेको छ । यसअघि सन् २०१५ मा भएको प्रतियोगितामा मेस्सी नेतृत्वको अर्जेन्टिना उपविजेतामा सीमित भएको थियो ।

त्यसपछि कोपा अमेरिकाको शतवार्षिकीका अवसरमा सन् २०१६ मा पनि सोही प्रतियोगिता भयो । त्यसमा पनि अर्जेन्टिना एकपटक फेरि फाइनलमा पुगेर निराश बन्यो । सन् २०१४ को विश्वकप तथा ०१५ र ०१६ को कोपा अमेरिकामा लगातार फाइनल पुगेर पराजित हुनु मेस्सी र अर्जेन्टिनी टीमका लागि निकै दु:खद् क्षण थियो ।

आगामी वर्ष कोपा अमेरिका फूटबल प्रतियोगिता हुँदैछ । दक्षिण अमेरिकी राष्ट्रहरू सम्मिलित हुने सो महादेशीय प्रतियोगिता जित्दै मेस्सीले आफ्नो सपना पूरा गर्न सक्छन् । 

अर्को विशेष मौका पनि मेस्सीले यसबीचमा पाउन सक्छन्, त्यो हो सन् २०२० को कोपा अमेरिका प्रतियोगिता । यसअघि बिजोर वर्षमा हुँदै आएको प्रतियोगिता सन् २०२० बाट जोर वर्षमा हुने तय भइसकेको छ । अझ विशेष त के भने २०२० बाट कोपा अमेरिकामा उत्तर अमेरिकी टोली पनि सहभागी हुनेछन् ।

दुई महादेशका टीमहरू सहभागी हुने सो प्रतियोगिता जित्नु मेस्सीका लागि उपलब्धिपूर्ण हुनसक्छ ।

कन्फेडेरेसन कप २०२१

सन् २०२१ मा हुने फिफा कन्फेडेरेसन कप थप एक महत्त्वपूर्ण प्रतियोगिता हो । त्यसमा स्थान बनाउने हो भने कोपा अमेरिका जित्नुपर्ने हुन्छ । विश्वकप विजेता तथा महादेशीय च्याम्पियनहरू यो प्रतियोगितामा सहभागी हुन्छन् । विश्वकपको पूर्वसन्ध्यामा हुने यस प्रयतियोगिताको आयोजक तय हुन बाँकी छ ।

यी सबै अर्जेन्टिनी राष्ट्रिय टीमले ४ वर्षको अवधिमा खेल्नसक्ने ४ ठूला प्रतियोगिता हुन् । अहिलेकै टीमले यी उपाधिहरूको सपना देख्नु असम्भवजस्तो देखिन्छ । तर तत्काल टीमको पुनर्संरचना गर्ने हो भने यो सम्भव छ, किनकी केही प्रतिभावान खेलाडी राष्ट्रिय टोलीको जर्सीमा आफ्नो प्रतिभा देखाउन तयार छन् ।

हेर्नुहोस्, यसरी बलियो बन्नसक्छ अर्जेन्टिनी टीम :

अर्जेन्टिनी टीममा आमूल परिवर्तनको खाँचो : यसरी फर्किनसक्छ शक्ति !

 

hAMROPATRO BELOW NEWS
TATA Below
असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x