२५ असार २०८३, बिहीबार

नियम विपरीत सवारीबाट रु ५८ हजार राजस्व संकलन

कात्तिक २०, २०७४
नियम विपरीत सवारीबाट रु ५८ हजार राजस्व संकलन
सिन्धुली, फागुन ३- जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सोमबार विभिन्न स्थानमा गरेको सवारी कारबाहीबाट रु ५८ हजार राजस्व सङ्कलन गरेको छ।

बिपी राजमार्गमा तीव्र गतिमा सवारी चलाउने र ट्राफिक नियम विपरीत सवारीसाधन चलाउने ४० चालक तथा सवारीसाधनलाई गरिएको कारबाहीबाट सो राजस्व सङ्कलन भएको हो।

बिपी राजमार्गमा तीव्र गतिमा सवारी चलाउने क्रम बढेको गुनासो बढेपछि ट्राफिक प्रहरीले गरेको सवारी कारबाहीबाटै राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी हवल्दार रामेश्वर पाण्डेले जानकारी दिए।

तराई तथा पूर्वका विभिन्न जिल्लाबाट छुटेका सवारीसाधन सिन्धुली हुँदै काठमाडौँ र काठमाडाबाट सिन्धुली हुँदै तराई तथा पूर्वका जिल्लामा सवारीसाधन चल्ने चापको समय बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म जाँच गरिएको थियो। रासस

salt training

कमेन्ट गर्नुहोस्