काठमाडौं, ३ फागुन – बलिउडका टीभी रियालिटी शो कलाकार: कस्ले कति कमाउछ ?
टिभी कलाकारको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ। त्यसमा पनि टिभी रियालिटि शोका कलाकारहरु भने निक्कै फड्को मारिसकेका छन्।
बलिउडमा बिगबोस, इन्डियन आइडल लगायतका चर्चित रियालिटी शोमा अभिनय गर्ने कलाकाहरुलाई धेरैले मन पराउने गरेका छन्। यस्तै टीभी सिरियलमा अभिनय गर्ने कलाकारले पनि उस्तै नाम र दाम कमाएको देखिन्छ। 'द कपिल शर्मा शो' ले प्रत्येक एपिसोडबाट ६० देखि ८० लाखसम्म लिने गरेको बताइएको छ। तर कस्को कमाइ कति छ ? भनेर अहिले चासोको विषय बनेको छ।
सुनील ग्रोबर
'द कपिल शर्मा शो' मा काम गर्ने सुनील ग्रोवरले हरेक एपिसोड बापत १२ लाख भारु रुपैया लिने गर्छन्।

मिशल रहेजा
'इश्क रंगका सफेद' नामक सिरियमा काम गर्ने मिशल रहेजाले एक एपिपसोडको लागि १.६ लाख रुपैया लिने गरेका छन्।

रोनित राय तथा राम कपूर
यी दुवै कलाकारले प्रत्येक एपिसोडबाट १.२५ लाख रुपैया लिने गरेका छन्।

हिना खान तथा करण पटेल
यह रिश्ता क्या कहलाता है नामक धाराबाहिक सिरियलमा काम गर्ने यी दुवै कलाकारले एकदेखि डेढलाख प्रतिदिनको हिसाबले लिने गरेका छन्।

दिव्यंका, दृष्टि तथा मोहित रैना
यी तिनै कलाकारहरुले पनि एक एपिसोडबाट एक लाख रुपैया पारिश्रमिक लिने गरेका छन्।

देवली भट्टाचार्जी
'साथ निभाना साथिया' नामक धाराबाहिक सिरियलमा काम गर्ने देवोलीना प्रत्येक एपिसोडबाट ९० हजार पारिश्रमिक बुझ्ने गरेकी छिन्।

साक्षी तंवर
साक्षी तंवरले पनि एउटा एपिसोड बराबर ८० हजार रुपैया लिने गरेका छन्।

शब्बीर अहलूवालिया
कुमकुम भाग्यबाट करियर बनाएर चर्चित समेत भएका शब्बीर अहलूवालियाले एक एपिसोडबाट करिब ७५ हजार रुपैया लिने गरेका छन्।

सृति झा तथा अनिता हस्सानंदानी
सृति र अनिताले पनि प्रति एपिसोड ७० हजार रुपैया लिने गरेकी छिन्।
