
काठमाडौं ३ फागुन - राष्ट्रिय जनसंख्या परिषदको पहिलो बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार दिउँसो सिंहदरबारमा सम्पन्न भएको छ ।
बैठकले राष्ट्रिय जनसंख्या परिषदमा ७ जना विज्ञ सदस्यको नियुक्ति गरेको छ । सदस्यहरुमा प्रा.डा. योगेन्द्र बहादुर, प्रा.डा. रामशरण पाठक, रोशन कार्की, गणेशबहादुर गुरुङ, महेन्द्रप्रसाद शर्मा, पदमराज भट्ट र डा. पुनमलाभ कर्ण छन् । बैठकले जनसंख्या सम्बन्धि सम्पूर्ण तथ्याङ्कहरुलाई संघीय संरचनाअनुसार व्यवस्थित गर्ने र विद्युतीय अभिलेखीकरण गर्ने निर्णय गरेको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले व्यवस्थित र आधुनिक जीवन पद्दतिका लागि जनसंख्या नियन्त्रण र व्यवस्थापन महत्वपूर्ण रहेको बताएका थिए ।