काठमाडौं, ३ फागुन – राष्ट्रिय चलचित्र नीति २०७१ कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय चलचित्र नीतिमाथि छलफल गरिएको हो ।
नेपाली चलचित्र क्षेत्रको गुणस्तरमा सुधार गरी चलचित्रको बजार विस्तार कसरी सम्भव छ भन्ने विषयमा भएको अन्तरक्रिया कार्यक्रममा विभिन्न व्यक्तिले बोलेका थिए । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष नवल खड्काले सम्बन्धित निकायले काम गर्न नखोजेको आरोप लगाए ।
चलचित्र विकास वोर्डका संस्थापक अध्यक्ष यादव खरेल, विशिष्ठ कलाकार मोहन निरौला, संगीतकर्मी महेश खड्का, सुस्मिता केसी, डा. घनश्याम खतिवडा, आदिवासी जनजाति संघ, द्वन्द्व कलाकार संघ लगायतका संस्थाबाट उपस्थित प्रतिनिधिले चलचित्र नीति तथा चलचित्र सम्बन्धी आ–आफ्ना धारणा राखेका थिए ।