१४ असार २०८३, आइतबार

विपद् न्यूनीकरणका लागि ‘मियावाकी’ विधिबाट वृक्षरोपण

असार २२, २०७५
विपद् न्यूनीकरणका लागि ‘मियावाकी’ विधिबाट वृक्षरोपण

काठमाडौँ, २२ असार - चुरे संरक्षणका लागि ‘मियावाकी’ विधिबाट बिरुवा रोप्ने कार्य भइरहेको छ । 

साना बिरुवा रोपेर परालले छोपी पानी हाल्ने व्यवस्था मिलाउने विधिलाई ‘मियावाकी’ भनिन्छ । जापानको यामादा माहुरी फार्मले २० वर्षअघिदेखि यो तरिकाले बिरुवा रोप्दै आएको छ । सो विधिबाट बिरुवा रोप्दा तीन वर्षमा आठ फिट अग्लो हुने गरेको छ । चाँगुनारायण मन्दिरमुनिको सामुदायिक वनमा पाँच वर्षअघिदेखि यामादा माहुरी फार्मको संयोजकत्वमा वृक्षरोपण गरिँदै आएको छ । 

यसरी बिरुवा रोप्दा बाढी, पहिरोलगायत विपद्को जोखिम न्यूनीकरण हुने राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिका सदस्य सचिव हेमलाल अर्यालले बताउनुभयो । जापानको योकोहामा सिटी विश्वविद्यालय, यामादा माहुरी फार्म, चाँगुनारायण सामुदायिक वनको संयुक्त आयोजनामा आज यहाँ आयोजना गरिएको कार्यक्रममा प्रदेशसभा सदस्य नरोत्तम वैद्यले २० वर्षअघिदेखि जापानीले नेपालमा गर्दै आएको ‘मियावाकी’ विधिको वृक्षरोपणले बिरुवा हुर्किंदा यसप्रति आकर्षण बढेको बताउनुभयो । 


नेपालका लागि जापानी राजदूत साइगो मासामिचीले जापानीले नेपालमा गर्दै आएको वृक्षरोपणले पर्यावरण संरक्षण र दुई देशबीचको सम्बन्ध सुधारमा सहयोग पु¥याएको बताउनुभयो । कार्यक्रममा जापानमा कार्यरत नेपाली कानून व्यवसायी डा बलराम श्रेष्ठ, योकोहामा सिटी विश्वविद्यालयका प्रा डा फुजिवारा, यामादा माहुरी फार्मका प्रतिनिधि आका सातोलगायतले ‘मियावाकी’ विधिले वृक्षरोपण गर्ने विषयमा जानकारी दिनुभयो । 

शनिबार करीब ५० जापानी, नेपाली विद्यार्थी र सामुदायिक वनका पदाधिकारीले चाँगुनारायणमा बिरुवा रोप्ने कार्यक्रम छ । वृक्षरोपणमा राजदूत मासामिचीलगायत दूतावासका कर्मचारी पनि सहभागी हुने जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्