जब चढ्छ यौवन बिस्तारै बिस्तारै
हराउँछ बचपन बिस्तारै बिस्तारै
खुला आकाशमा उडौँ झै लाग्छ
सानो भयो आँगन बिस्तारै बिस्तारै
म गुलाबहरुले स्वागत गर्नेछु
हुँदा तिम्रो आगमन बिस्तारै बिस्तारै
मर्यादा नबिर्स, धैर्यता नगुमाऊ
पक्कै हुनेछ मिलन बिस्तारै बिस्तारै
***
त्यो पहिलो प्यार सक्छौ र भुल्न
आनन्द अपार सक्छौ र भुल्न
बहाना घुर्की, कुराका बान्की
अनेकौं प्रकार सक्छौ र भुल्न
माया गर्नेहरू नभेटिने होइनन्
मजस्तो दिलदार सक्छौ र भुल्न
मसँग कल्पना गरेर देखेको
मायाको संसार सक्छौ र भुल्न
(गजलकार युथ क्रिएशन थिएटर, पोखराका अध्यक्ष हुन् ।)