
जाजरकोट, २४ असार- शिक्षा सम्बन्धी प्रतिवेदन मन नपरेपछि गाउँपालिकाका अध्यक्षले प्रतिवेदन तयार पार्ने कर्मचारीलाई कार्यालयमै कुटपिट गरेका छन् ।
जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले शुक्रबार शिक्षा तथा खेलकुद शाखाका स्रोतव्यक्ति कमल बस्नेतलाई कुटपिट गरेका हुन् ।
प्रतिवेदन बुझाएपछि गाउँपालिकाका अध्यक्ष हरिचन्द्रले आफूमाथि कुटपिट गरेको स्रोतव्यक्ति कमलले बताए।, नयाँ पत्रिकामा खबर छ ।