३० जेठ २०८३, शनिबार

यसकारण कांग्रेस महासमिति बैठक अन्योलमा

असार २४, २०७५
यसकारण कांग्रेस महासमिति बैठक अन्योलमा

काठमाडौ, २४ असार –भदौभित्र महासमिति बैठक डाक्ने निर्णय गरेको नेपाली कांग्रेसले विधान संशोधन समिति गठन गर्न नसक्दा भदौभित्रै बैठक हुने सम्भावना टरेर गएको छ ।
कांग्रेसले महासमिति बैठकमार्फत पार्टीको विधान संशोधन गर्ने तयारी गरेको भए पनि विधान संशोधन गर्न बनाइने मस्यौदा समितिका विषयमा नेताहरूबीच सहमति जुट्न नसक्दा महासमिति बैठक भदौभित्र हुने सम्भावना टर्दै गएको हो ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले महासमिति मितिअघि विधान संशोधन समिति गठन हुने भन्दै समिति गठनका विषयमा छलफल जारी रहेको बताए ।
उनले विधान संशोधन समिति गठन नहुँदासम्म महासमितिको मिति तोक्नुको औचित्य नहुने भन्दै समितिका विषयमा छलफल जारी रहेको जनाए । आजको राजधानी दैनिकमा यसबारे विस्तृत खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्