३१ असार २०८३, बुधबार

थाइल्याण्डको गुफामा फसेका ६ बालकको सकुशल उद्दार

थाइल्याण्डको गुफामा फसेका ६ बालकको सकुशल उद्दार
तस्बिर : एजेन्सीकाे सहयाेगमा

थाइल्याण्ड, २४ असार– थाइल्याण्डको उत्तरी इलाकामा करिब दुई हप्तादेखि थुनिएर रहेका १२ बालक र एक जना प्रशिक्षकमध्ये ६ जना बालकलाई आइतबार सकुशल उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

लामो समयसम्म गुफामा फसेका बालकहरूलाई नजिकैको शिविरमा लगिएको र उनीहरूको स्वास्थ्य अवस्था परीक्षण गरिएको उद्धारमा सम्लग्न समूहका एक सदस्यले नाम गोप्य राख्ने शर्तमा बताए । 

यद्यपि थाइल्याण्डको सरकारले दिएको जानकारीमा दुई बालकको सकुशल उद्धार गरिसकिएको र दुई अन्यलाई छिट्टै बाहिर ल्याइने बताइएको छ । 

थाइल्याण्डको एउटा गुफामा थुनिएका १२ जना बालक र एक जना उनीहरुका प्रशिक्षकसहित १३ जनाको उद्धारकार्य आइतबार पनि विहानैबाट शुरु भएको थियो । 

उद्धारका लागि १३ जना अन्तरराष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञलाई परिचालन गरिएको नारोङसाक ओसोटानाकोमका गभर्नर चिआङ रायले जानकारी दिए । 

गभर्नर चिआङ रायलार्इ उदृत गर्दै उद्धार टोलीमा पाँच जना सेनाको विशेष टोली पनि सहभागी गराइएको सिन्ह्वा समाचार समितिले उल्लेख गरेको छ । 

उनीहरुलाई बाहिर निकाल्न करिब १०० स्थानमा प्वाल पारेर गुफाभित्रको ग्याँस बाहिर फाल्ने र अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको छ । 

गुफा बाहिरबाट पारिएका ती प्वाल करिब ३०० मीटर लामो रहेको उद्धारकार्यमा सम्लग्न एक सदस्यले बताए । 

गुफामा फसेका बालकहरु ११ देखि १६ बर्ष सम्मका रहेका छन् भने उनीहरुका प्रशिक्षक २५ वर्षका छन् । 

salt training

कमेन्ट गर्नुहोस्