
भारतीय नागरिकको भिड र विमान कम्पनीको सिण्डिकेटले गर्दा स्थानीय हुम्ली यात्रुले उपचारका लागि समेत हवाई टिकट पाउन सकेका छैनन् ।
विमान कम्पनीले भारतीय पर्यटकलाई मात्र हवाई टिकट दिँदा यस्तो समस्या हुने गरेको छ । टिकट नपाउँदा हिनहुँ हुम्ली र अन्य नेपाली पर्यटकले हप्तौं सिमकोट विमानस्थलमै कुर्नुपर्ने अवस्था छ ।
टिकटका लागि बिहानै विमानस्थल गएपनि सयौं नेपाली यात्रु दिनदिनै रित्तो हात फर्कने गरेका छन् ।, कारोबारमा खबर छ ।