०३ असार २०८३, बुधबार

दूधको स्रोत नै दूषित

असार २५, २०७५
दूधको स्रोत नै दूषित

दूधमा कोलिफर्म रसायन मिसिनुमा मुहान नै दूषित भएको खाद्य विज्ञले बताएका छन् । 

आइतबार राजधानीमा नेपाल खाद्य वैज्ञानिक तथा प्रविधिज्ञ संघद्वारा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले यस्तो बताएका हुन् । 

डेरी उद्योगबाट उत्पादीत प्रशोधित दूधको परीक्षण गर्दा सूक्ष्म जीवाणु कोलिफर्म र खाने सोडा लगायतका रसायनको मिसावटले मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको खाद्य तथा पेयपर्दाथ विज्ञ दिलीप सुब्बाले बताए । 

गोठको सरसफाइ नपुग्दा दूधमा कोलिफर्म जीवाणु देखिने विज्ञ बताउँछन् । दूध दुहुँदा गाईको थुन र कल्चौंडामा टाँसिएको मलमूत्रबाट नै कच्चा दूधमा कोलिफर्मको संक्रमण हुने, दूध दुहुन, ओसारपसार गर्न र राख्न प्रयोग गरिने सामग्रीबाट कोलिफर्मको संक्रमण हुने अर्का विज्ञ डा अतुल उपाध्यायले बताए ।, कान्तिपुरमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्