१० साउन २०८३, आइतबार

पानीजहाजबारे विपक्षीको प्रश्नमा अर्थमन्त्री खतिवडाको यस्तो जवाफ

पानीजहाजबारे विपक्षीको प्रश्नमा अर्थमन्त्री खतिवडाको यस्तो जवाफ

काठमाडौं –अर्थमन्त्री डा. युवराज खतिवडाले पानीजहाज सञ्चालनका लागि नदीको सर्वेक्षणको काम अगाडि बढेको बताएका छन् ।

उनले पानीजहाज पारवहनसम्बन्धी संस्थानबाट सञ्चालन गर्ने या अर्को संरचना बनाउने भन्ने विषयमा नीति निर्माणको काम भइरहेको बताए ।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले नयाँ आर्थिक वर्ष शुरु भएपछि काम शुरु हुने बताएका हुन् । 

‘प्रधानमन्त्रीले दिउँसै सपना देखेको पानीजहाज कुन मन्त्रालयअन्तर्गत पर्छ र चलाउन कति बजेट विनियोजन भएको छ ?’ भन्ने कांग्रेस सांसद अनिता देवकोटाको प्रश्नको जवाफमा मन्त्री खतिवडाले नदी सर्वेक्षणको काम भइरहेको बताएका हुन् ।

‘पानीजहाज नदीको सर्वोक्षणका क्रम अगाडि बढेको छ, त्यसका लागि कम्पिटेन्ट अथोरिटी के हो ? पारवहनसँग सम्बन्धित काम गर्ने संस्थान छन्, उनीहरूबाट चलाउने या आर्को व्यवस्था गर्ने भन्ने नीति निर्माणको तहमा छौं,’ मन्त्री खतिवडाले भने, ‘आर्थिक वर्ष शुरु हुनेबित्तिकै प्रक्रिया अगाडि बढाउँछौं ।’

salt training

कमेन्ट गर्नुहोस्