
काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवा एकपछि अर्को रणनीतिसहित आगामी महासमिति हुँदै १४ औं महाधिवेशनमा अझैं सशक्त बन्नेत यारीमा छन् ।
आजको राजधानी दैनिकमा खबर छ– सो तयारीअनुरुप नै हटौटामा जिल्ला सभापतिहरुको भेलामा सहज अवतरण गराएका देउवाले पछिल्लो समय कांग्रेस महामन्त्री डा शशांक कोइरालासहित वरिष्ठ नेता समचन्द्र पौडेलसम्मलाई समेत विश्वासमा लिएर अघि बढ्ने प्रयास गरिरहेका छन् । तर, कांग्रेसका पुराना नेताले भने सभापति देउवालाई पदको स्वार्थका लागि जुवा नखेल्न सुझाएका छन् ।
सोमबार महामन्त्री शशांक कोइरालाको पहलमा नेता नारायण खड्काले राजधानीको लैनचौरमा आयोजित कार्यक्रममा धरापमा पारेर भन्दा जोगाएर अघि बढ्न नेतृत्वलाई सुझाव दिएका थिए ।