
काठमाडौं– नेपाल धितोपत्र बोर्डले ‘एक नेपाली, एक डिम्याट खाता’लाई अभियानका रूपमा सञ्चालन गर्ने भएको छ ।
सोमबार आगामी अर्थिक वर्ष ०७५÷०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले धितोपत्र बजारमा व्यापक जनसहभागिता बढाउन प्रत्येक नेपालीको डिम्याट खाता खोल्ने नीति अगाडि सारेको हो ।
बोर्डले सरकारले जारी गरेको आगामी आवको पूँजी बजारसम्बन्धी नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका कार्यक्रमलाई आधार बनाई आगामी आवको नीति तथा कार्यक्रम तयार पारेको हो ।, नयाँ पत्रिकामा खबर छ ।