२४ असार २०८३, बुधबार

नेकपाको सचिवालय बैठक वालुवाटारमा जारी, पार्टी एकताबारे छलफल

नेकपाको सचिवालय बैठक वालुवाटारमा जारी, पार्टी एकताबारे छलफल

काठमाडौं – नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा चलिरहेको छ ।

बैठकमा तल्लो तहका पार्टी एकता र सरकार सञ्चालनका विषयमा छलफल हुने जनाइएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतको उपस्थिति रहेको छ । आजको बैठकमा पार्टीको प्रस्तावित नियमावली, प्रदेश र जिल्ला तहको एकता तथा जनवर्गीय संगठनको एकताबारे छलफल हुँदैछ ।

असार २३ गतेको सचिवालय बैठकले प्रस्तावित नियमावलीलाई अन्तिम रुप दिन नेता वामदेव गौतमको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल समेत रहेका थिए । कार्यदललाई असार २५ गतेभित्र काम गर्न कार्यादेश तोकिएको थियो ।

सम्भवतः आजको सचिवालय बैठकले नियमावलीलाई अनुमोदन गरेपछि प्रकाशनका लागि पठाइने जनाइएको छ । आजको बैठकमा सरकारका कामकारवाही, जनस्तरमा भइरहेको आलोचना र विपक्षीको व्यवहारका विषयमा समेत छलफल हुने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्