२३ जेठ २०८३, शनिबार

डुबेर बालिकाको मृत्यु

असार २६, २०७५
डुबेर बालिकाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ झिलमिलाका गोविन्द पार्कीका छ वर्षीया छोरी रोशनीको नहरमा डुबेर मंगलबार मृत्यु भएको छ । 

नहरको डिलमा खेल्दै गरेका बेला रोशनी नहरमा खसेर डुबेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए । 

यसैगरी महाकाली नदीमा आज पहिचान खुल्न नसकेको अन्दाजी ४५ वर्षीय व्यक्तिको शव फेला परेको छ । नदीको बीच भागमा शव रहेको छ । नदीमा पानीको बहाव उच्च भएकाले शव निकाल्न नसकिएको प्रहरी नायब उपरीक्षक सेटीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्