२८ असार २०८३, आइतबार

प्रचण्ड लचक, देउवा अडानमै, किन ?

कात्तिक २०, २०७४
प्रचण्ड लचक, देउवा अडानमै, किन ?
काठमाडौं, ४ फागुन- संविधान संशोधनपछि निर्वाचनको मिति घोषणा वा निर्वाचन मिति घोषणापछि संशोधन भन्ने विषयमा राजनीति अल्झिरहेका वेला प्रधानमन्त्री केही लचक देखिएका छन् ।

उनी अब निर्वाचनको मिति घोषणापछि संविधान संशोधन प्रक्रिया अगाडि बढाउन लचक देखिएका छन् । तर, कांग्रेस सभापति देउवा संशोधन प्रक्रिया अगाडि बढाएर मात्रै मिति घोषणा गर्नुपर्ने पक्षमा थिए ।

सोमबार राष्ट्रपतिनिवासमा भएको सात दलको छलफलमा पनि देउवाले संशोधन गर्न एमालेले सहयोग गर्नुपर्ने भन्दै संशोधनमा समर्थन गरेकै भोलिपल्ट चुनाव घोषणा हुने बताएका थिए । नयाँ पत्रिकामा खबर छ ।

मंगलबार साँझको बैठकमा समेत देउवा सोही अडानमा देखिएको स्रोतको भनाइ छ । तर, प्रधानमन्त्री भने संविधान संशोधन प्रस्ताव र निर्वाचनको मिति सँगसँगै घोषणा गरेर जान तयार देखिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्