
नवलपरासी- नवलपरासीको गोपीगन्जमा रहेको एक पेट्रोल पम्पले कालोबजारी गर्ने उद्देश्यले पानी राख्ने कालो ट्यांकीमा पेट्रोल भण्डारण गरेको भेटिएको छ ।
त्रिवेणी आयल स्टोरले अन्डरग्राउण्डमा ५० हजार लिटर क्षमताको ट्यांकी राखे पनि बाहिर ११ हजार लिटर क्षमताको कालो ट्यांकी राखेको भेटिएको हो ।
अनुमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपाभोक्ता संरक्षण टोलीले अनुगमन गर्दा रिजर्भ ट्यांकीको माथि ११ हजार लिटर क्षमताको कालो ट्यांकी राखेको भेटिएको हो ।
केन्द्रीय अनुगमन टोली प्रमुख ढुण्डिराज पोखरेलले भौतिक अवस्था नाजुक रहेको रिजर्भ ट्यांकीमाथि राखिएको कालो ट्यांकी शंकास्पद गतिविधिका लागि हुनसक्ने भएकाले सिल गरिएको बताए ।, नयाँ पत्रिकामा खबर छ ।