
झापा- झापाको भद्रपुर नगरपालिका–१ स्थित हिमालीमा नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
बुधबार बेलुका साढे ७ बजेको समयमा घर छेउमा खनेको नालीमा डुबेर हिमाली चौक बस्ने राजु तामाङकी अढाई वर्षकी छोरी रेविका तामाङको मृत्यु भएको हो ।
बालिकालाई नालीमा डुबिरहेको अबस्थामा बाबुले देखेपछी उपचारकालागि मेची अंचल अस्पतालमा भद्रपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।