२५ असार २०८३, बिहीबार

पाल्पा बस दुर्घटना :१६ जना घाइते

पाल्पा बस दुर्घटना :१६ जना घाइते

रामपुर, पाल्पा, २८ असार- तानसेन नगरपालिका–७ भालेबासमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । 

विपरीत दिशाबाट आउँदै गरेको गाडीलाई बाटा दिने क्रममा बुटलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ७२७२ नम्बरको बस आज बिहान ६ः१५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते १६ जनाको उद्धार गरिएको छ । घाइतेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । बस सडकबाट करीब २० मिटर तल खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्