०२ असार २०८३, मंगलबार

आयुर्वेदिक मसाज तथा हर्बल स्पा सम्बन्धी तीन महिने तालिम सम्पन्न

आयुर्वेदिक मसाज तथा हर्बल स्पा सम्बन्धी तीन महिने तालिम सम्पन्न

क्लासिकल आयुर्वेदिक मसाज तथा हर्बल स्पा सम्बन्धी तीन महिने तालिम सम्पन्न भएको छ ।

नागरिक सरोकार नेपालको आयोजना, नेपाल टुरिजम बोर्डको सहयोग तथा नेचर केयर हस्पिटलको प्राविधिक सहयोग रहेको सो तालिम सत्र जनाले सफलतापूर्वक लिएका छन् ।

नेचर केयर हस्पिटल, नयाँ बानेश्वरमा सम्पन्न प्रमाणपत्र वितरण कार्यक्रममा आयोजक संस्था नागरिक सरोकार नेपालका सचिवसुधा धितालले सभापतित्व गर्नुभएको थियो भने ३ नं. प्रदेशका कृषी तथा सहकारी मन्त्री दावा लामा प्रमुख अतिथी, बिशिष्ट अतिथि नेपाल पर्यटन वोर्डका सदस्य कृष्ण अर्याल हुनुहुन्थ्यो  ।

त्यसै गरि अन्य अतिथीहरुमा क्रमस संतोष घिमिरे (नेपाल पर्यटन वोर्ड) डा. हरि शरण अर्याल (नेचर केयर हस्पिटल) प्रकाश भट्टराई (नेचर केयर हस्पिटल), नारायणप्रसाद निरौला (नागरिक सरोकार नेपाल) रावेश्वरी प्रजापति, पत्रकार योगेश खपाङ्गी तथा सम्बन्धित प्रशिक्षकहरु उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा आयुर्वेदिक मसाजको महत्व सम्झाउँदै कृषी तथा सहकारी मन्त्री दावा लामाले तालिम लिएका प्रशिक्षार्थीले अब तालिम लिइसकेपछि आ–आफ्नो जिल्लामा गएर अरु पनि धेरै व्यक्तिलाई तालिम दिए उत्पादनमूलक काम पनि हुने तथा धेरै व्यक्तिले स्वास्थ्य लाभ लिनसक्ने, रोजगारीको अवस्था सिर्जना पनि गर्न सकिने बताउनुभयो । 
 

salt training

कमेन्ट गर्नुहोस्