१० साउन २०८३, आइतबार

भारतले चीन, अमेरिका र रुसलाई दियो यस्तो झड्का

कात्तिक २०, २०७४
भारतले चीन, अमेरिका र रुसलाई दियो यस्तो झड्का
भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (आइसरो)ले बुधबार अर्थात १५ फेब्रअरीमा एउटै रकेटबाट १ सय ४ वटा उपग्रह परीक्षण गरेर विश्‍व रेकर्ड कायम गर्ने भएको छ।

अमेरिका, रुस र चीनलाई पछि पार्दै उसले विश्‍वमा पहिलो पटक एउटै मेसिनबाट सयबढी उपग्रहको प्रक्षेपण गर्न लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ।

डेली मेलका अनुसार आइसरोले बुधबार बिहान ९ बजेर २८ मिनेटमा एउटै रकेटबाट सय बढी उपग्रह प्रक्षेपण गर्न लागेको हो। यसअघि रुसले सन् २०१४ मा एकै साथ ३७ वटा स्याटालाइट प्रक्षेपण गरे पनि विश्‍वमा अरु देशले यति धेरै उपग्रहलाई प्रक्षेपण गरेको छैन। भारतले यो प्रक्षेपण सफल बनाएमा विश्‍वमा नयाँ रेकर्ड कायम हुने अन्तराष्ट्रिय सञ्‍चारमाध्यमले उल्लेख गरेको छ।

भारतले प्रक्षेपण गर्न लागेको रकेटको नाम पीएसएलवी-सी37, काटरेसैट-2 सीरीज स्‍याटालाइट मिसन हो। यो मिसनलाई भारको श्रीहरिकोटाबाट भारतीय समय अनुसार ९ बजेर २८ मिनेटमा गरिँदै छ। पोलार स्याटालाइट लन्च भिकलले आफ्नो ३९ औ उडानमा १ सय ३ यात्रीलाई पनि उपग्रहसँगै लैजाने तयारी गरेको छ।

स्याटालाइटमा जाने यात्रीहरुले पृथ्वीको अध्ययन गर्ने बताइएको छ। यसका साथै उनीहरुले पृथवीको विकल्पको बारेमा खोज, अनुसन्धान गरेर सूचना पठाउने छ। यस्तै पृथ्वीकै अध्ययनको लागि ७ सय १४ किलोग्रामको काटरेसेट-२सिरी पनि प्रक्षेपण गर्नेछ।

यो एक सय तीन उपग्रहको तौल करीब ६ सय ४४ किलोग्राम रहेको छ। इसरोले भनेको छन्, 'यो सहयात्री उपग्रहमा १ सय १ सना उपग्रह स्याटालाइट समेत समावेश गरिएका छन् जसमा स्राइल, कजाकिस्तान,नेदरल्याण्ड, स्विटजरल्याण्ड, युएई तथा बाँकी ९६ स्याटालाइट अमेरिकाको रहनेछ। यसका साथै भारतको थप दुई उपग्रह पनि संलग्‍न रहनेछन्।

यसअघि भारतले गत जुन महिनामा २० वटा स्याटालाइट प्रक्षेपण गरेर राष्ट्रिय कीर्तिमान बनाएको थियो। जसमा १३ वटा अमेरिकी स्याटालाइट समेत समावेश गरिएको थियो। भारतीय अन्तरीक्ष अनुसन्धान संगठनले गर्न लागेको उक्त प्रक्षेपणमा भारती प्रधानमन्त्री नरेन्द्र मोदीले अग्रिम बधाई दिदै सफलताको कामना गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्