
काठमाडौं–राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. भोजराज अधिकारीलाई गृहमन्त्रीको आदेशमा अपहरण शैलीमा गृहमन्त्रालयमा लगेर दुव्र्यवहार गरिएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।
ट्रमा सेन्टरमा कार्यरत रहेकै अवस्थामा चिकित्सा आचारसंहिता र तोकिएको नियम, नियमावली विपरित गलत रिपोर्ट बनाउन दिइएको दबाब अस्वीकार गरको भन्दै गृह मन्त्रीको आदेश उनीमाथि दुव्र्यवहार गरिएको भन्दै संघले घोर भत्र्सना र निन्दा गरेको जनाएको छ ।
‘स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा सेवारत रहेको अवस्थामा चिकित्सकमाथी शक्तिको दुरुपयोग गर्दै भएको अमानवीय व्यवहारप्रति यस संघ आपत्ति प्रकट गर्दछ’ संघले विज्ञप्ति जारी गर्दै भएको छ ।
लोकतान्त्रिक संघीय गणतन्त्रात्मक सरकारको गृह मन्त्रीकै निर्देशनमा निरापराध चिकित्सकमाथी भएको यो व्यवहारले लोकतान्त्रिक पद्धतिमाथी नै खिल्ली संघले जनाएको छ ।
संघले चिकित्सकमाथी दुव्र्यवहार गर्ने सम्बन्धीत व्यक्तिमाथी कारवाहीको माग गरेको छ ।