रेखा थापाले खलनायिकाको भूमिका निभाएको चलचित्र डायरी यही चैत ११ गते रिलिज हुुने भएको छ । नयाँ भूमिकामा देखिएकी नायिका थापालाई नकारात्मक रुपमा देख्न पाइने छ ।

चलचित्रमा रेखा थापा, छुल्ठिम गुरुङ, सन्नी सिंह लगायतको मुख्य भूमिका रहेको छ । छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले निर्माण गरेको चलचित्रलाई अनिल योञ्जनले निर्देशन गरेका छन् । चलचित्रमा छुल्ठिम गुरुङ निर्मात्री रहेकी छिन् । साथै रेखा थापालाई यस चलचित्रमा भिलेनका रुपमा देख्न पाइनेछ ।

छेतेन गुरुङले लेखेको कथालाई राम श्रेष्ठले छायांकन गरेका हुन् भन् प्रविन श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्रमा बिनोद पौडेल, दिनेश डिसी लगायत अन्य कलाकारको अभिनय रहेको छ ।