०२ असार २०८३, मंगलबार

के साउदी अरब बदलिन लागेको हो ?

कात्तिक २०, २०७४
के साउदी अरब बदलिन लागेको हो ?
काठमाडौं, ४ फागुन — साउदी अरब एकदमै कट्टर देश हो । तर अहिले बिस्तारै यसमा परिवर्तन हुँदैछ । त्यहाँको रूढिवादी राजतन्त्रले देशमा समय आएपछि आधुनिकता ल्याउने भन्दै आएको छ । यसो भन्नुको मतलब असाध्यै धेरै समय लाग्न सक्छ अनि कहिल्यै नहुन पनि सक्छ ।


तर अहिले त परिवर्तन केही महिनामा आउने आँकलन गरिँदैछ ।

साउदी अरबको राजधानी रियादकी एक सफल व्यापारी महिलाले बताइन्, ‘यसै वर्षको ६ महिनामा महिलामाथि गाडी चलाउन लगाइएको प्रतिबन्ध हट्नेछ भनी मैले बाजी लगाएको थिएँ । तर उसले चाहिँ यसका लागि एक वर्ष लाग्छ भन्यो ।’

‘तर मैले अर्को वर्ष चाहिँ यो प्रतिबन्ध हट्ने आशा लिएकी छु,’ उनले थपिन्, ‘४० वर्ष कटेका महिलाले गाडी चलाउन पाउँछन् होला ।’

यो भविष्यवाणीका सम्बन्धमा रियादको शाही घरानामा चर्चा चलिरहेको छ । कम उमेर महिलालाई गाडी चलाउने अधिकार छिट्टै दिइने केही मान्छेको मान्यता छ । तर यहाँ जिन्दगीको गति अलि ढिलै अघि बढिरहेको छ ।

कट्टरपन्थी धार्मिक संस्थाहरूको गहिरो असर परेको समाजमा परिवर्तन ढिलै आउँछ । अझै पनि धेरै मानिस पुरानो तरिकामा कुनै परिवर्तन नआओस् भन्ने चाहन्छन् ।

तर परिवर्तनका संकेतहरू साउदी शासकहरूमा पनि देखिँदैछ । संसारको सबभन्दा ठूलो तेल उत्पादक देशको समाज बिस्तारै परिवर्तन हुँदैछ । तेलको मूल्यमा कमी आउँदा साउदी अरबको कमाइ आधी घटेको छ ।

यो तीतो वास्तविकताले त्यस देशमा परिवर्तनको बाटो खोलेको छ र जिन्दगीका धेरै पक्षमा यसको असर देखिन थालेको छ ।

साउदी अरबले अघिल्लो वर्ष मास्टर प्लान भिजन २०३० जारी गरेको थियो र जनताले त्यसलाई राम्रो मानेका थिए ।

साउदीका ३१ वर्षीय युवराज मोहम्मद बिन सलमानले भिजनलाई स्वीकार गरेका छन् । यो महत्त्वाकांक्षी परियोजनाका लागि विदेशी सल्लाहकारहरूलाई मोटो रकम दिइएको थियो ।

मोहम्मद बिन सलमान र उनका नजिकका मानिसलाई साउदीका तेलका इनारहरू छिट्टै सुक्दैछन् भन्ने थाहा छ ।

त्यसैले धेरै मानिस विद्युतीय कार चलाउन थाल्नेछन् । देशका शक्तिशाली तेल मन्त्री खासलद अल–फलीह भन्छन्, ‘भिजन २०३० र हाम्रो उद्देश्य पूरा गर्नु जरूरी छ ।’

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्