
काठमाडाै-राजपा संसदीय दलकोे नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् । राजपा संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेतामा सर्वसम्मतरूपमा चयन गरेको हो ।
अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको प्रस्ताव तथा सबै नेताको समर्थनमा ठाकुर दलको नेतामा चयन भएको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।
“राजपाले एकसाताअघि आज निर्वाचन हुने मिति घोषणा गरेदेखि नै पार्टीको नेता को हुने कुन विधिबाट हुने, पार्टीमा विवाद छ भन्ने बाहिर हल्ला फिँजाइएको थियो त्यो सबलाई चिर्दै सर्वसम्मतरुपमा निर्णयमा पुग्न सफल भएको छ । राजपा आज पनि मुद्दाप्रति इमान्दारीपूर्वक कुनै प्रकारको मत मतान्तर छैन भन्ने कुरा आजको निर्णयले प्रमाणित गरेको छ”, नेता यादवले भने ।