१५ असार २०८३, सोमबार

कांग्रेस महासमिति बैठक भदौमा नहुने खतरा

असार ३१, २०७५
कांग्रेस महासमिति बैठक भदौमा नहुने खतरा

काठमाडौं–कांग्रेसमा महासमिति बैठक महाधिवेशनपछिको शक्तिशाली निकाय हो । पार्टी नेतृत्वको निर्वाचनबाहेकको सबै विकल्पमा यसले छलफल गर्न सक्छ । खासगरी, वर्षको एकपटक बस्नुपर्ने यो बैठकले विधान र नीतिगत रूपमा पार्टीको भावी दिशा तय गर्छ ।

तर, पुरानो पार्टी संरचनाबाट संघीय संरचनामा जानुपर्नेसहितका धेरै तयारी गरी विधान मस्यौदा समितिले प्रतिवेदन तयार पार्न थोरै समयले भ्याउन मुस्किल हुन्छ । अब साउनमा समिति गठन भए पनि यसले डेढ महिना मस्यौदा बनाउन कठिन हुन सक्छ । यसको असर भदौ मसान्तसम्म गर्ने भनिएको महासमिति बैठकमा पर्ने देखिएको आजको नयाँ पत्रिकादैनिकमा विस्तृत खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्