०२ असार २०८३, मंगलबार

मेलानिया ट्रम्पलाई यसो भन्ने पत्रकारले माफी मागे

कात्तिक २०, २०७४
मेलानिया ट्रम्पलाई यसो  भन्ने पत्रकारले माफी मागे
काठमाडौं, ४ फागुन — अमेरिकाका प्रथम महिला मेलानिया ट्रम्पलाई यौनकर्मी (हूकर) भन्ने द न्युयोर्क टाइम्स पत्रिकाकी संवाददाताले माफी मागेका छन् ।


टाइम्सकी फीचर लेखक जेकब बर्नस्टीनले ट्विटरमा लेखे, ‘म आफूले गरेको गल्तीको जिम्मेवारी लिन्छु । एउटा पार्टीमा व्यक्तिगत कुराकानीका दौरान मैले प्रथम महिलाका बारेमा मूर्ख टिप्पणी गर्ने पुगें ।’

उनले थपे, ‘टाइम्सको उच्च मापदण्ड अनुसारको व्यवहार भएन भनी मलाई सम्पादकहरूले प्रस्ट पारेका छन् । आधारहीन हल्लाहरूको सन्दर्भ बनाएर मैले गल्ती गरें । म धेरैधेरै माफी माग्छु ।’

मोडेल एमिली राताज्कोस्कीले सोमवार एउटा ट्वीट लेख्दै एक न्युयोर्क टाइम्स संवाददाताले प्रथम महिलालाई हूकर भनेको बताइन् ।

मेलानियाले आफ्नो बचाउ गरेकोमा राताज्कोस्कीलाई ट्विटरमा धन्यवाद दिइन् । ‘महिला भएर अर्की महिलाको बारेमा बोल्ने र समर्थन गर्ने सबै महिलालाई प्रशंसा गर्छु,’ उनले भनिन् ।

फक्स न्युजबाट

salt training

कमेन्ट गर्नुहोस्