०९ साउन २०८३, शनिबार

चिकित्सा शिक्षा विधेयक कांग्रेससँगको सहमतिमा अगाडि बढ्छ: शिक्षा मन्त्री पोखरेल

चिकित्सा शिक्षा विधेयक कांग्रेससँगको सहमतिमा अगाडि बढ्छ: शिक्षा मन्त्री पोखरेल

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगको सहमतिकै आधारमा चिकित्सा शिक्षा विधेयक अगाडि बढ्ने बताएका छन् । 

संसद परिसर बानेश्वरमा आइतवार पत्रकारहरुसँग कुरागर्दै मन्त्री पोखरेलले कांग्रेससंगको सहमतिमा विधेयक अगाडि बढ्ने बताएका हुन् । 

उनले माथेमा आयोगले दिएको सुझावको भावना अनुसार नै विधेयक आएको दावी गर्दै विधेयक फिर्ता नलिने स्पष्ट गरेका हुन् । 

कांग्रेससँग सहमति गरेर द्रुतमार्गबाट विधेयक पारित गर्ने सरकारको योजना रहेको उनले सुनाए ।

आइतवारको बैठकमा विधेयक टेबुल गर्ने तयारी भएपनि नेकपामा पूर्व सांसद मोहमद मुस्तक आलमको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीका कारण विधेयक टेबुल हुन सकेको थिएन । सोमवार बस्ने संसदको बैठकमा विधेयक पेश गर्ने सरकारको तयारी छ ।

चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विकृति अन्त्यका लागि आमरण अनसनमा बसेका त्रिवि शिक्षण अस्पतालका डा गोविन्द केसीको माग संशोधन प्रस्ताव मार्फत सम्वोधन गर्नेगरी सरकारले विधेयक अगाडि बढाउन चाहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने पूर्ववर्ती शेरबहादुर देउवा सरकारले ल्याएको अध्यादेश अनुसार विधेयक ल्याउनु पर्ने बताउँदै आएको छ ।

डा केसीको माग सम्वोधन गर्ने बिषयमा सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले डा केसीका प्रतिनिधिसंग आइतवार वार्ता गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्