१० साउन २०८३, आइतबार

विश्वकप फाइनलका सम्झनलायक घटना

विश्वकप फाइनलका सम्झनलायक घटना

काठमाडौं– रुसको मस्कोमा आइतबार राति भएको फ्रान्स र क्राेएसियाबीचको खेलपछि फ्रान्स फेरि विश्व विजेता बनेर उदाएको छ । साथै फाइनल खेलमा सम्झनलायक घटना पनि भएका छन् । 
विवादित निर्णय, खेल हुँदैगर्दा मैदानमा मानिस छिरेर अवरोध, पहिलो आत्मघाती गोल, हाँस्यास्पद गोलकिपिङ्ग जस्ता घटना भए । 

पहिलो आत्मघाती गोल


यो विश्वकपमा कुल १२ पटक आत्मघाती गोल भए । तर फाइनलमा आत्मघाती गोल भएको यो नै पहिलो पटक हो । क्रोएसियाका मारियो मान्जुकीले १८ औँ मिनेटमा नै आत्मघाती गोल गरेका हुन् ।

फ्रान्सका ग्रिजम्यानले प्रहार गरेको फ्रि–किक बल मान्जुकीले हेड गरेर क्लियर गर्न चाहन्थे, तर आफ्नै पोस्टमा गोल भयो र फ्रान्सले १–० को अग्रता लियो ।

धेरै गोल 


प्रायः विश्वकपको फाइनलमा धेरै गोल भएको पाइँदैन र गोलका लागि खेलको अन्तिम समयसम्मै पर्खनु परेका इतिहास छन् । तर यो विश्वकपमा शुरुदेखि नै गोल भयो । फ्रान्सको चार र क्रोएसियाको दुई गरी यो फाइनलमा ६ गोल भयो । यो विश्वकपमा ६४ खेलमा १६९ गोल भयो ।

मैदानमा दौडिए दर्शक


फाइनल खेलमा चलिरहँदा मैदानमा केही मानिस छिरे । रुसको पंक रक ग्रुप  पुरी रिओटले त्यसको जिम्मेवारी लिएको छ । आफूहरुले मैदानमा छिरेर रुसमा भइरहेका धेरै राजनीतिक मुद्दामा विरोध जनाएको उनीहरुको भनाई छ ।

सुरक्षा स्टाफले उनीहरुलाई तत्काल मैदानबाट निकालेका थिए । मैदानमा छिरेका केही दुई टिमका खेलाडीसँग ठोक्किएका थिए ।

हाँस्यास्पद गोल


४–१ ले पछि परेको अवस्थामा फ्रान्सका गोलरक्षकले अपत्यारिलो र विचित्र खालको कमजोरी गरे, जसले क्रोएसियालई लाइफ लाइन दियो । सामुएल उमटिटीले कप्तान पनि रहेका गोलरक्षक लोरिसलाई बल पास दिए ।

लोरिस नजिकै रहेका मान्जुकीलाई छक्याउन बलसँग क्याजुअल्ली खेलिरहे । लोरिसले बल हाने तर त्यो यस्तो थियो कि अघि रहेका मान्जुकीको गोडामा पुग्यो र त्यसलाई मान्जुकीले गोलमा परिणत गरे । यो निकै कमेडी गोल थियो ।

भिएआरको प्रयोग 


भिडियो एसिस्टेन्ट रेफ्री, भिएआर प्रयोग गरिएको यो पहिलो विश्वकप फुटबल हो । समूह चरणका प्राय सबै खेलमा भिएआर प्रयोग भयो । त्यसपछि नकआउट चरणका अधिकांश खेलमा पनि यसले प्राथमिकता पायो ।
फ्रान्सले पेनाल्टी पायो ।

सामुएल उमटिटीले इभान पेरिसिकको हात तर्फ कर्नर फिल्क्डि गरे, सुरुमा रेफ्रीले पेनाल्टी दिएनन्, तर भिडियो एसिस्टेन्ट रेफ्रीसँगको लामो छलफलपछि रेफ्री स्क्रिनमा रि–प्ले हेर्न गए अनि फ्रान्सलाई पेनाल्टी दिए ।
एन्टोनी ग्रिजम्यानले गोल गरे ।

तर धेरै मानिस भिएआरप्रति आक्रोशित छन् । धेरै पटक हेरेपछि रेफ्री नेस्तोर पितानाले पेनाल्टी दिएका थिए । 

पेलेपछिका पहिलो किशोर गोलकर्ता


फ्रान्सका केलियन एमबाप्पे विश्वकपको फाइनल खेल्ने इतिहासको तेस्रो किशोर फुटबलर हुन् । उनी फाइनलमा खेलमा गोेल गर्ने दोस्रो किशोर खेलाडी बनेका छन् ।

उनी ब्राजिलका पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने पहिलो किशोर खेलाडी बनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्