२० असार २०८३, शनिबार

'ट्रम्पले भिसा नियमलाई कमजोर बनाउँदैनन्'

कात्तिक २०, २०७४
'ट्रम्पले भिसा नियमलाई कमजोर बनाउँदैनन्'
अमेरिकामा केही दिनयता भिसा नियम परिवर्तनका लागि प्रयास भइरहेका छन् । यसैबीच एक रिपव्ल्किन सेनेटर ओरियन हेचले डोनाल्ड ट्रम्प एच वान बी पोलिसीलाई कमजोर गर्ने प्रयास नगर्ने बताए । यस्तो भिसा आइटी कम्पनिहरुले बढी मात्रामा प्रयोग गर्ने गरेका छन् ।

हालै हाउस अफ रेप्रिजेन्टेटिभमा विल पेश गरिएको छ । जस अनुसार एच वान बी भिसा भएकाहरुलाई ६० हजार डलरको सट्टा १ लाख ३० हजार डलर तलव दिने बताइएको छ ।

सिनेटर आँरिन हेचका अनुसार उनले ट्रम्पका साथ कयौं मिटिङमा एच वान वी भिजाका फाइदा बारे जानकारी गराएका थिए । हेचका अनुसार ट्रम्पले यस मुद्दामा आफ्नो राजनीीतक एजेण्डा टाढाँ राख्नेछन् । हेचले यस्तो भिसाले अमेरिकी कामदार र अर्थतन्त्रलाई फाइदा पुग्ने बताए ।

नयाँ नियम लागूभएको खण्डमा अमेरिकामा काम गर्ने आइटीका कामदारको तलब बढ्ने छ तर, त्यसबाट त्यहाँको राजगारीमा खतरा रहनसक्छ । यसबाट दक्षिण एसियामा सवैभन्दा बढी भारतीय प्रभावित हुनेछन् । भारतका इन्फेसिस, विप्रो, टीसीएस जस्ता कम्पनीका आइटी कामदार अमेरिकामा रहेका छन् । र, उनीहरुको रोजगारी विशेषरुपमा धरापमा पर्ने जनाइएको छ ।

के हो एच वान बी भिसा

एच वान बी भिसा एक ‘नन इमीग्रेन्ट भिसा’ हो । यस मार्फत अमेरिकी कम्पनीले विदेशी सैद्धान्तिक वा प्राविधिक विज्ञलाई अमेरिकामा राख्ने गर्दछ । यो भिजाका कारण आइटी कम्पनीहरुले वार्षिक हजारौ मानिसको भर्ति गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्